SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०१:०७ AM · 1 मिनेट पढाइ

सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

भैरहवा । सिद्धार्थनगर नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २३४ विपन्न नागरिकले विभिन्न जटिल रोगको उपचारका लागि सहुलियत सिफारिस लिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७, २०८१/८२ मा ९९ र २०८२/८३ मा ८८ जनाले सिफारिस लिएका हुन् ।