SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ०३:१४ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्ति जीवित भेटिने आशा टरेपछि उनीहरूका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । बेपत्ता भएका व्यक्तिका परिवारजनले हिन्दू परम्पराअनुसार कुशको शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरेका हुन् ।