SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन: ऐन महर

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढी पहिरोपछिको संकट व्यवस्थापनमा सरकारले प्रभावकारी नेतृत्व लिन नसकेको टिप्पणी गरेका छन् । बुधवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले सरकारले राष्ट्रिय संकटको घडीमा सबै पक्षलाई समेटेर अगाडि बढ्नुको साटो अहंकार र दम्भ देखाएको आरोप लगाएका हुन् ।