SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन

रसुवा । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ । रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव सङ्कलन गरिएको हो ।