SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा केही समयअघि यसवर्षकै सबैभन्दा धेरै वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुर जिल्लाको सुन्दरपुरस्थित मौसम मापन केन्द्रमा ९२.७ मिलिमिटर वर्षा भएको छ । महाशाखाले अझै पानी पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ ।