SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठिक छः कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतमै राख्नुपर्ने बताएकी छन् । विधायन व्यवस्थापन समितिको बैठकमा बुधवार भएको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।