एभा गिरीको अभिनयमा ‘लै बरी लै बरी’ , त्रिश्ना गुरुङको नयाँ गीत युट्युबमा सार्वजनिक
काठमाडौं – लोकप्रिय गायिका त्रिश्ना गुरुङको नयाँ गीत ‘लै बरी लै बरी’ युट्युबमा सार्वजनिक भएको छ। गीतमा एभा गिरी र कुञ्साङ बोम्जनले मुख्य अभिनय गरेका छन् भने निकिता गोपाली, रोस्नी रायमाझी र दिप्सा केसीले सहायक भूमिकामा देखिएका छन्। त्रिश्ना गुरुङले यस गीतलाई आफ्नै शब्द तथा संगीतमा तयार पारिन्।
