SHARE
ओएसनेपाल · शनिबार ४ असो २०८२ ०५:४६ AM · 1 मिनेट पढाइ

झापामा जङ्गली हात्ती मृत फेला

झापा, ४ असोज : यहाँको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् । मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।