प्रधानमन्त्री र गृहमन्त्रीज्यू, समय र मौका हुँदा यो काम पनि गरिहाल्ने कि !
नेपालको इतिहास हेर्दा राणा शासनदेखि हामी लोकतन्त्र गणतन्त्रसम्म आइपुगेका छौं । यस बीचमा पटकपटक व्यवस्था परिवर्तन भयो, पटकपटक सरकार ढल्ने र फेरि गठन हुने प्रक्रिया चलिरहेको छ । मुलुकका हरेक परिवर्तन जनताको बलिबाट भएको हो । हजारौं जनता शहिद भएपछि, घाइते, अंगभंग वा बेपत्ता भएपछि देशमा परिवर्तन आएको हो ।
