SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

कानुनमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गरेका छन् । आज मन्त्रालयमा भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनका कारणले अपूरणीय क्षति भइरहेको र त्यसको ठूलो जोखिम नेपालले बेहोर्नु परेको विषयमा छलफल भएको थियो ।