सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बाढी प्रभावितका लागि ७२ लाख सहयोग
काठमाडौं । रसुवा सहित देशको विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाखको एकमुस्ट रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।
