गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको दीर्घकालीन आर्थिक स्रोतका लागि एक करोड १५ लाखको अक्षयकोष स्थापना गरेको छ । विद्यालयको नियमित खर्चका लागि बर्सेनी अनुदान र चन्दामा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै दिगो आम्दानीको स्रोतका लागि अक्षयकोष स्थापना गरिएको हो ।
