SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी पीडितका लागि प्रभु बैंकको दुई करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि दुई करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो।