SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका भाइहरू घर आउन सक्ने प्रतीक्षामा रहेको जानकारी दिए । उनका सबै भाइ रसुवास्थित अपरत्रिशूली–१, जलविद्युत् आयोजनामा कार्यरत थिए ।