SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ ०१:५८ AM · 1 मिनेट पढाइ

बागलुङमा १५ किलोमिटर पदमार्ग निर्माण

बागलुङ । बागलुङमा आर्थिक वर्ष २०८२/८३ मा १५ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ । एकीकृत सेवा कार्यालय सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख श्यामकुमार थापाका अनुसार पदमार्ग निर्माणका लागि रु तीन करोड ३५ लाख विनियोजन भएकामा रु तीन करोड खर्च भएको छ ।