SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ १२:५२ AM · 1 मिनेट पढाइ

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

बाँके । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले जानकारी दिए । उनका अनुसार खोप अभियानको सुरुआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ ।