SHARE
मकालु खबर · बुधबार १७ भौ २०८३ १२:५५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः काभ्रेबाट एक करोड १० लाख सहयोग

काभ्रे । प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।