SHARE
बासुरी खबर · मङगलबार १६ भौ २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

विपद्मा प्रभावित जिल्लाको साथमा सिन्धुपाल्चोक कांग्रेस, ६ लाख ९१ हजार सहयोग

काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस सिन्धुपाल्चोकले सक्रियता देखाएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीले तीनवटै जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि कांग्रेस सिन्धुपाल्चोकले आफ्ना सदस्य तथा शुभेच्छुकबाट राहत रकम संकलन गरेको हो।