SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

बाढीका मृतकको शव व्यवस्थापनमा चुनौती, काठमाडौंमा पनि शव गाडेर व्यवस्थापन

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा गम्भीर समस्या देखिएपछि काठमाडौंमा पनि जमिनमा गाडेर व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । देशभरका अस्पतालहरूमा रहेका शवगृहको क्षमता भन्दा बढी शव संकलन भएपछि सरकारले सरकारी वन क्षेत्रमा शव व्यवस्थापन गर्ने निर्णय गरेको हो ।