प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् । आज अस्पतालको अनुगमन गर्दै उनले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै प्रभावकारी सेवा प्रवाहका लागि निर्देशन दिएका हुन् ।
