SHARE
बासुरी खबर · मङगलबार १६ भौ २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा बेपत्ता बाह्रबिसेका परिवारलाई १ लाख १५ हजार राहत

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बाह्रबिसे नगरपालिकाका ६१ जना नागरिक प्रभावित भएका छन्। तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना अझै बेपत्ता रहेको बाह्रबिसे नगरपालिकाले जनाएको छ। बाढीमा बेपत्ता हुनेहरू रोजगारीको सिलसिलामा रसुवा पुगेका बाह्रबिसे नगरपालिकाका नागरिक रहेको नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए।