SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको वितण्डाः राष्ट्रिय शोक घोषणा गर्न र राहतमा तदारुकता देखाउन सांसदहरूको माग

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार बसेको राष्ट्रिय सभाको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले बेपत्ता नागरिकहरूको खोजी, प्रभावकारी राहत वितरण र ‘राष्ट्रिय शोक दिवस’ घोषणा गर्न माग गरेका हुन् ।