जसपा नेपालको केन्द्रिय कार्यकारिणी समिति बैठकः बाढीपहिरो राहत र पार्टी समायोजन मुख्य एजेण्डा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक भदौ शुरु भएको छ । मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बैठक शुरु भएको हो । देशमा बाढीपहिरोका कारण सिर्जित विषम परिस्थिति र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो ।
