SHARE
मकालु खबर · मङगलबार १६ भौ २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि राहत पुर्‍याउन सकस, वैकल्पिक सडक हिलाम्मे (तस्बिरहरू)

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका सवारी साधनहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् । निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पुर्‍याउन गम्भीर चुनौती खडा भएको हो ।