बाढी पीडितको राहतका लागि नेशनल लाईफको १ करोड ५१ लाख सहयोग
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। भोटेकोशी र त्रिशूली नदीमा गत भदौ १० गते आएको गेग्रानसहितको भीषण बाढीबाट भएको धनजनको क्षतिपछि राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
