SHARE
बासुरी खबर · मङगलबार १६ भौ २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपीडितका लागि मेलम्चीबाट १ लाख बढी सहयोग

मेलम्ची । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मेलम्चीबाट १ लाख ४ हजार १६५ रुपैयाँ सहयोग गरिएको छ। आफूहरू समेत विगतमा विपद्को पीडा भोग्दै आएका मेलम्चीवासीले स्वेच्छिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।