SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

वर्षौँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छौँ: मुख्यमन्त्री भट्ट

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले वर्षौँसम्म ठेक्का सम्पन्न नहुने अवस्थाको अन्त्य गरिने बताएका छन् । धनगढीमा आज सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले ठेक्का सुरु गर्ने तर वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्ति विकासको बाधक भएको बताए । उनले क्रमगत तथा बहुवर्षीय ठेक्कालाई आवश्यकता र प्राथमिकताका आधारमा अगाडि बढाइने बताए ।