SHARE
बासुरी खबर · आइबार​ ३१ चैत २०८१ ०३:१९ AM · 1 मिनेट पढाइ

स्थानीय अवरोधले नागढुङ्गा सुरुङको काम ठप्प

काठमाडौँ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि रोकिएको छ । विभिन्न माग राखेर स्थानीय बासिन्दाले अवरोध गरेपछि चैत्र ३ गतेदेखि आयोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन । काम रोकिएसँगै कात्तिकदेखि सञ्चालनको तयारीमा रहेको सुरुङमार्ग चल्नेमा अन्यौल सिर्जना भएको छ । काम शुरु भएदेखि अहिलेसम्म १२ पटकभन्दा बढी चोटि अवरोध भइसकेको छ ।