बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट) मा सञ्चार सेवा पुनः सञ्चालनमा ल्याएको छ । टेलिकमले आज रसुवाका जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सेवा सञ्चालनमा ल्याएको हो । यससँगै बाढीबाट प्रभावित भएका नेपाल टेलिकमका कुल १२० मध्ये ११० साइट सञ्चालनमा आएका छन् ।
