SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

कतार सरकारद्वारा नेपाललाई राहत सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीसँगै विपद्मा परेकाको उद्धार तथा राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्कीय राहतजन्य सामग्री लिई आएको कतार एअरको जहाज आज अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।