SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

झापामा पाँच लाख नागरिकलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप

झापा । जिल्लामा जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को सङ्क्रमणबाट छ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाउँदै बृहत् खोप अभियानको तयारी थालेको छ । झापामा यसको सङ्क्रमणदर र मृत्युदर उच्च देखिएपछि सरकारले झापाबाट खोप अभियान सुरु गर्न लागेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।