SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

पुस्तकालय दिवसः तीन वर्षमा तीन सय बढी पुस्तक पढ्दै ८० वर्षीय वेदप्रकाश

बागमती ।  पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा हेटौँडा उपमहानगरपालिका–२ सानोपोखरा स्थायी भई विगत केही वर्षदेखि पोखरा बस्दै आएका ८० वर्षीय वेदप्रकाश शर्माले पछिल्ला तीन वर्षमा तीन सयभन्दा बढी पुस्तकको अध्ययन गरिसकेका छन् । उनलाई यी पुस्तक अध्ययन गर्ने अवसर भने पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले जुराइ दिएको हो ।