SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

सरकारको सक्रियता सामाजिक सञ्जालमा मात्रै देखियो, भूगोलमा छैन: निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सरकारको सक्रियता सामाजिक सञ्जालमा देखिएजस्तो प्रभावित क्षेत्रमा नरहेको टिप्पणी गरे ।