SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन

इलाम । गत असार २३ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतपश्चात् आज बिहानदेखि साना सवारी सञ्चालनमा लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।