SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको हो ।