SHARE
बासुरी खबर · शनिबार ४ असो २०८२ ०४:३३ AM · 1 मिनेट पढाइ

मेलम्ची १० मा दोस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने

मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १० मा दोस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर १० को आर्थिक सहयोग तथा वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समितिको आयोजनामा विजयादशमीको अवसर पारेर गरिन लागेको प्रतियोगिता शीतलादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने आयोजकले जनाएको छ।