बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग
भद्रपुर । भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाखसहयोग गर्ने भएको छ । शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिए ।
