SHARE
ओएसनेपाल · शुक्रबार​ ३ असो २०८२ ०३:३१ PM · 1 मिनेट पढाइ

जनतालाई सेवा प्रवाह गर्न मुख्यमन्त्री शाहद्वारा निर्देशन

कैलाली, ३ असोज : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त कार्यालयहरू सञ्चालन गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । कर्मचारी तथा विकास साझेदारहरूसँग आज यहाँ एक छलफल आयोजना गरिएको थियो ।