विपद् व्यवस्थापन र राहतमा नेपाली काँग्रेस सक्रिय, संसदीय संयन्त्र बनाउने गृहकार्य
काठमाडाैं । रसुवा बाढीका कारण सिर्जित राष्ट्रिय विपत्तिको सामना गर्न नेपाली काँग्रेसले आफ्नो सक्रियता बढाएको छ । विपद् व्यवस्थापनमा पार्टीको भुमिका र आगामी कार्ययोजनाबारे छलफल गर्न पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित बैठकमा काँग्रेसले सरकारसँगको समन्वय र सर्वदलीय सहकार्यलाई जोड दिएको हो ।
