SHARE
मकालु खबर · आइबार​ १४ भौ २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जिबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो ।