भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
काठमाडौँ । विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले भोटेकोशी र त्रिशूलीमा जलसतह बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् । “सतर्क भएर खोज, उद्धार तथा राहतका काम गर्न आवश्यक छ । रसुवाबाट बाढीसम्बन्धी सूचना निरन्तर तल्लो तटीय क्षेत्रसम्म पुर्याउनु पनि उत्तिकै आवश्यक छ,” उनले भने ।
