सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना देशभरका सदस्यसँग सवारीसाधन माग गरेको छ । महासङ्घका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढीपीडितको सहयोगार्थ मिनीट्रक, पिकअपलगायतका सवारीसाधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपिल गरेका हुन् ।
