SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित

काठमाडौं । भदौ १० गतेको बाढी तथा विपद्पछिको अवस्थालाई सम्बोधन गर्न सरकारले घाइतेहरूको उपचार, शव व्यवस्थापन तथा सम्भावित संक्रामक रोगको रोकथामलाई तिब्रता दिएको छ । विपद्मा ज्यान गुमाएकाहरूको पहिचान तथा व्यवस्थापन जटिल बन्दै गएपछि सरकारले नयाँ कार्यविधि (निर्देशिका) परिमार्जन गरी स्वीकृत गरेको हो ।