अन्तर्राष्ट्रिय उद्धार टोली बोलाउन सरकार चुकेकै हो: मुख्यमन्त्री थापा (अन्तर्वार्ता)
काठमाडौं । बाढीपहिरो र जलविद्युत आयोजनामा आएको विपत्तिपछि मैदानमा प्रदेश सरकारको उपस्थिति नदेखिएको र तीन तहका सरकारबिच समन्वयको चरम अभाव रहेको भन्दै तिब्र आलोचना भइरहेका बेला वागमती प्रदेश सरकारले कार्यविभाजन, सूचना संप्रेषण र अन्तर–सरकारी सहकार्यमा कमजोरी भएको स्वीकार गरेको छ ।
