SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौँ । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालनमा ल्याएको छ । यसबाट उक्त जलविद्युत् आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।