म्यानचेस्टर सिटीको जित
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। सिटीले नापोलीलाई २- ० ले पराजित गरेको छ। सिटीका लागि पहिलो गोल ५६औँ मिनेटमा एर्लिङ हालान्डले गरे। फिल फोडेनको क्रसलाई हालान्डले उत्कृष्ट हेडरमार्फत गोल गरे । योसँगै च्याम्पियन्स लिगमा हालान्डको ५० गोल पूरा भएको छ। उनले ४९ खेलमा यो सफलता प्राप्त गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
