SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

राहत वितरणमा सीमित सामाजिक संस्था परिचालन गरेकोप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले रसुवाका दुर्गम तथा विकट क्षेत्रमा राहत सामग्री पुग्न नसकेको भन्दै प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन् । शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनले राहत वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरेका हुन् ।