SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

‘भोटेकोशी एउटा विपत्ति होइन, नेपालको हिमाली भविष्यको चेतावनी हो’

काठमाडौं । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोला जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई केवल एउटा सामान्य प्राकृतिक विपत्ति, मनसुनी भेल वा आकस्मिक हिमताल विस्फोटका रूपमा मात्र बुझियो भने नेपालले त्यस घटनाबाट सिक्नुपर्ने सबैभन्दा महत्वपूर्ण पाठ छुट्नेछ ।