बाढी प्रभावितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोडको राहत तथा पुनर्स्थापना कार्यक्रम ल्याउने
काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्। कार्यक्रमअन्तर्गत तत्काल राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना तथा दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका काम अघि बढाइने भएको छ।
