SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ ०२:१४ AM · 1 मिनेट पढाइ

गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार

बाजुरा । परम्परागत कृषि प्रणालीमा गोरुको प्रयोग तथा किसानलाई गोरु पालनतर्फ आकर्षित गर्न बाजुराका एक सय ५६ किसानलाई प्रतिकिसान रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।